१७ बैशाख २०८१, सोमबार

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ५३८ जनामा संक्रमण पुष्टि



धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार १ हजार १ जनामा गरिएको परिक्षणमा थप ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमध्ये ४ सय ५१ जना कैलालीका मात्रै रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार धनगढी उपमहानगरपालिकाका ९८ पुरुष र ७१ महिला गरी १६९ जना तथा जिल्लाकै अन्य पालिकाका १७३ पुरुष र १०९ महिला गरी २८२ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रयोगशालामा जिल्ला बाहिरका भने ६० पुरुष र २७ महिला गरी ८७ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

सेती प्रादेशिक अस्पतालमै उपचारकै क्रममा पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ ।

१० जना संक्रमित निको भएका छन भने थप ९ जना अक्सिजन र आईसियुको साहारा लिन अस्पताल भर्ना भएको कुरा सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार