१० श्रावण २०८१, बिहीबार

राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई निजी सम्पत्तिका रुपमा प्रयोग गरे : सभापति देउवा



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक मात्र नभएर अनैतिक काम गरेको आरोप लगाएका छन् । शनिबार प्रेस विज्ञप्ति निकाल्दै सभापति देउवाले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेको जनाएका छन् ।

‘राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेका छन् । प्रधानमन्त्रीले हठात् अर्को सरकार गठनको सिफारिश गर्ने, राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई प्रधानमन्त्री नियुक्तिको आह्वान गर्ने, संविधान बमोजिम नियुक्त गर्नु पर्ने म प्रतिनिधि सभाका सदस्यलाई नियुक्त गर्नु पर्ने र दावी नै गर्न नमिल्ने माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने कार्य घोर असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कार्य हुन् ।’

राष्ट्रपति र प्रधानमन्त्रीले वदनियतपूर्ण ढंगले मिलोमतोमा षड्यन्त्रपूर्वक मध्यराति प्रतिनिधि सभाको हत्या गरेको देउवाले उल्लेख गरेका छन् । साथै उनले संविधानको रक्षकालागि लोकतन्त्रवादी शक्तिलाई एकजुट हुन आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार