१७ बैशाख २०८१, सोमबार

शुक्रबार सुदूरपश्चिममा थप १०९० जनामा कोरोना पुष्टि,५९६ कोरोनामुक्त



धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा प्रदेशभर १०९०  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २ हजार ६४७ जनाको नमुना परीक्षण गर्दा १०९०  जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको कुल संख्या ३५ हजार ६०१  पुगेको छ । यस्तै थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१८ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस्तै २४ घण्टामा  प्रदेशभर ५९६ जना कोरोना मुक्त भएका छन् । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार