१७ बैशाख २०८१, सोमबार

सेती प्रयोगशालामा थप २२९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु



धनगढी ।   सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार  २२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५९८ नमूना परीक्षण गर्दा २२९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । 

यस्तै  अस्पतालमा १०८ जनाको उपचार भईरहेको जनाएको छ ।  अस्पतालमा आइसीयुमा १६ जना रहेकोका छन्, भने ९० जना अक्सिजन सर्पोटमा उपचार भईरहेको छ ।  

पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ४ जना कोरोनामुक्त भएका छन् भने  थप  ११  जना अस्पतालमा भर्ना भएका छन् ।  

यस्तै पछिल्लो २४ घण्टामा २ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुरका– ४ का ५५ बर्षिय पुरुष र शुक्लाफाँटा– ११ का ५२ बर्षिया महिला हरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार