१० श्रावण २०८१, बिहीबार

महाकाली नदीमा निर्माणधिन ४ लेन पुलको मेसिनसहित प्लान्ट पानीले बगायो



कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा निर्माणधिन  ४ लेन पुलको मेसिनसहित प्लान्ट बगेको छ । २ दिन परेको लगातारको वर्षाका कारण नदीमा पानीको बहाब बढ्दा पुल निर्माणको कार्य प्रभावित भएको हो।

भीमदत्त नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष लालबहादुर शाहीका अनुसार पानीको बहाब बढ्दा निर्माण कम्पनीले पुलमा कालोपत्रे गर्न बनाइएको प्लान्ट, कालोपत्रे गर्ने मेसिनसहितका उपकरण बगाएको  जनाएको छ ।  

यसैबीच पुलमा काम गर्ने १० कामदारसमेत नदीको बीचमा रहेको टापुमा फसेका छन् । जिल्ला प्रहरी कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्री उनीहरुको उद्धारको लागि टोली परिचालन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार