१० श्रावण २०८१, बिहीबार

नेपाली काँग्रेसद्वारा शुक्लाफाँटा नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण



धनगढी । नेपाली कांग्रेसको नगर कार्यसमितिले शुक्लाफाँटा नगरपालिकालाई पल्स अक्सिमिटर र अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरेको छ।

समितिका सभापति जयबहादुर बिष्टले नगरप्रमुख दिलबहादुर ऐरलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि अक्सिमिटर र कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।

नगरपालिकालाई आठ थान अक्सिमिटर र तीन थान कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको हो। विश्वव्यापी महामारीका रूपमा फैलिएको दोस्रो भेरियन्टको कोरोना भाइरस संक्रमितलाई अक्सिजनको अभाव हुन नदिन सामग्री हस्तान्तरण गरिएको सभापति विष्टले बताए ।

नगरले सञ्चालन गरेको कोभिड अस्थायी अस्पतालमा उपचारमा रहेका बिरामीका लागि ती सामान उपयोग गरिने प्रमुख ऐरले बताए।

नगरपालिकालाई उपलब्ध गराइएका सामग्री नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदको पहलमा उपलब्ध गराइएको सभापति विष्टले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार