१० श्रावण २०८१, बिहीबार

प्रधानमन्त्री ओलीलाई कांग्रेसले बुझायो कोभिड रोकथाम र उपचार सम्बन्धी १५ बुँदे ध्यानाकर्षण पत्र



काठमाडाैं। नेपाली कांग्रेसले कोरोना नियन्त्रणको संवेदनशील काममा कमिसनको चक्करले ढिलासुस्ती आउनु दु:खद् रहेको बताएको छ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कांग्रेस सभापित शेरबहादुर देउवासिहतका नेताहरूले ज्ञापनपत्र बुझाउँदै कोरोना नियन्त्रण र रोकथाममा संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराएका छन्।

कन्ट्याक्ट ट्रेसिङ र त्यसका आधारमा लक्षित पीसीआर परीक्षणको अभावमा संक्रमितहरुको संख्या निकै बढी भएको सहजै अनुमान गर्न सकिने कांग्रेसले बताएको छ। उपचार पहुँचको अभावमा मृत्यु हुनेहरुको संख्या पनि सार्वजनिक गरिएको संख्या भन्दा बढी छ रहेको कांग्रेसको भनाइ छ।

देशले तेस्रो चरणको संक्रमण ब्यहोर्न पर्ने चेतावनी विज्ञहरुले दिएका कारण यस्तो अवस्थामा आम नागरिकहरुलाई कोभिड-१९ महामारीबाट छुटकारा दिलाउन भ्याक्सिनको चाँडो भन्दा चाँडो व्यवस्था मिलाउन कांग्रेसको माग छ।

‘यसका लागि कूटनैतिक पहल तीव्र पारियोस्। खोप आपूर्ति गर्ने व्यवस्था विचौलिया रहित र पारदर्शी ढंगबाट गरियोस्’, कांग्रेसले बुझाएको ज्ञापन पत्रमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार