११ श्रावण २०८१, शुक्रबार

बादललाई हराएर डा. देवकोटा विजयी



धनगढी / राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले गृहमन्त्री तथा प्रतिद्धन्द्धी रामबहादुर थापा बादललाई हराएका हुन ।

देवकोटाले ५०८८ मतभार पाएर विजय हासिल गरेका हुन । बादलले ४०१४ र मजदूर किसान पार्टीका कृष्ण तामांगले १३२ मतभार पाएका छन् ।

माओवादीका बादल दल बदल गरेर एमाले भएपछि उनको सांसद पद गएको थियो । बागमती प्रदेशको सोही पदमा उपनिर्वाचन भएको थियो ।

डा. देवकोटा एमालेको माधव नेपाल समूहका हुन । डा. देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार