३ जेष्ठ २०८१, बिहीबार

बिहिबार सेती प्रयोगशालामा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि



धनगढी ।  सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बिहिबार  ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ८४६ नमूना परीक्षण गर्दा ४६४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

यस्तै  अस्पतालमा १०३ जनाको उपचार भईरहेको जनाएको छ ।  पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ११ जना कोरोनामुक्त भएका छन् भने  थप  १३  जना अस्पतालमा भर्ना भएका छन् ।  

यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार