१२ श्रावण २०८१, शनिबार

Breaking गैरसांसद सात जना मन्त्रीलाई काम गर्न नदिन सर्वोच्च अदालतको आदेश



धनगढी / सर्वोच्च अदालतले सांसद नरहेका सात जना मन्त्रीलाई मन्त्रीकारुपमा कामकाज गर्न रोक लगाउने फैसला गरेर अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका बिहीबार सो आदेश गरेको हो ।

मन्त्रीहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामालाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु नगराउनु भनेर अन्तरिम आदेश जारी गरिएको हो ।

सातै जना पूर्व माओवादीबाट एमाले भएका मन्त्री हुन । दल बदल गरेपछि उनीहरुको सांसद पद गएको थियो । अदालतको फैसलापछि सातै जना मन्त्रीहरु स्वतः पद मुक्त हुने छन् ।

गैरसांसदलाई मन्त्री बनाइएकोले खारेज गरि पाउँ भनेर यसअघि रिट परेको थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार