१२ श्रावण २०८१, शनिबार

सीसीएमसी असफल भएको कांग्रेसको निष्कर्ष, भंग गर्न माग



काठमाडौं ।   प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कोभिड-९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) भंग गर्न माग गरेको छ। 

सीसीएमसी संरचना असफल भएकोले त्यसको स्थानमा प्रभावकारी संयन्त्रको व्यवस्था गर्न कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ। 

बिहीबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै कांग्रेसले विदेशमा जाने श्रमिकहरुको पीसीआर परीक्षणमा गरिएको कार्टेलिङको अन्त्य गर्न पनि माग गरेको छ। 

कांग्रेसले प्राविधिक स्वास्थ्य सचिवको तत्काल नियुक्ति गर्न, उद्योग व्यवसाय बन्द भएको अवस्थालाई ध्यानमा राखी पुनर्कर्जा सुविधा र ब्याजमा सहुलियत दिने व्यवस्था मिलाउन आग्रह गरेको छ।

निजी अस्पतालहरुले उपचार शुल्क र हेलिकोप्टर कम्पनीहरुले रेस्क्यू सेवा शुल्क अत्याधिक लिने गरेकोप्रति समेत कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ। 

कांग्रेस सभापति शेरबहादुर देउवासिहतका नेताहरू प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन बालुवाटार पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार