१० श्रावण २०८१, बिहीबार

दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु



दार्चुला । दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ८ बस्ने ५५ बर्षीय बिशन सिंह विष्टको वडा नम्बर ८ कै (राताकाठा) भन्ने ठाउँमा भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टले बताए । 

उनले भने, नगरपालिकाको वडा नम्बर ८ मै रहेको खर्कबाट फर्किने क्रममा भिरबाट लडेर विष्टको घट्ना स्थालमै मृत्यु भएको हो ।

अहिले जिल्ला प्रहरी कार्यालय दार्चुलाको प्रहरी टोली घट्ना स्थलमा मुचुल्का तयार पारीरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार