१० श्रावण २०८१, बिहीबार

अपि पावर कम्पनीद्वारा ३५ थान अक्सिजन सिलिन्डर हस्तान्तरण



दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा माथिल्लो चमेलिया ४० मेगावट क्षमताको जलविद्युत निर्माण गरिरहेको अपि पावर कम्पनीले ३५ थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ ।

कोरोना विरुद्ध लड्न अपि पावर कम्पनीले मार्मा गाउँपालिका कोभिड अस्पताललाई १० थान, इलाका प्रहरी कार्यालय गोकुलेश्वर मार्फत गोकुलेश्वर अस्पताललाई १० थान र जिल्ला प्रहरी कार्यालय मार्फत जिल्ला अस्पताल दार्चुलालाई १५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको हो ।

कोरोना संक्रमितलाई अक्सिजन अभावले ज्यान गुमाउन नपरोस् भन्नको लागि कम्पनीको तर्फबाट जिल्लाभरी ३५ थान अक्सिन सिलिण्डर उपलब्ध गराइएको अपि पावर कम्पनीका कार्यकारी निर्देशक इन्द्रमणी त्रितालले बताए ।

अहिले जिल्लामा अक्सिजन सिलिण्डर अभाव भएको छ । अक्सिजन सिलिण्डर अभाव भएको बेला प्रहरीले जिल्लाभरीबाट खोजी गरिरहेको छ ।

यस्तै कम्पनीले मार्मा गाउँपालिका वडा नं २ लाई स्यानिटाइजर, मास्क लगायतका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको छ । कम्पनीका तर्फबाट कम्पनीका आयोजना प्रमुख धर्मराज उपाध्यायले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार