१० श्रावण २०८१, बिहीबार

निःशुल्क खाना वितरण



धनगढी । रोयल कोल्याबोरेटिभ्सले कोरोना अस्पतालमा निःशुल्क खाना वितरण गरेको छ । कोरोना महामारीकाबीच अस्पतालमा रहेका कोरोना संक्रमित बिरामीका कुरुवाहरुका लागि खाना अभाव भएको थाहा पाएलगत्तै रोयल कोल्याबोरेटिभ्सले निःशुल्क खाना वितरण  गरेको हो ।

धनगढीको अस्थाई कोरोना अस्पताल र सेती प्रादेशिक अस्पतालको कोरोना संक्रमितको आईसियु वार्डमा रहेका बिरामीका कुरुवाहरुलाई खाना वितरण गरेको संस्थाका अध्यक्ष गजेन्द्र शाहीले बताए।

यस अघि रोयल कोल्याबोरेटिभ्सले कोरोना माहामारीले निम्त्याएको समस्यालाई मध्यनजर गर्दै आकस्मिक एम्बुलेन्स सेवा अभियान संचालन गर्दै आएरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार