२ जेष्ठ २०८१, बुधबार

सेती प्रादेशिक अस्पतालमा ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान



धनगढी । सेती प्रादेशिक अस्पतालमा ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ।

अस्पतालमा मङ्गबार ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको हो।

अस्पतालमा संघीय सरकारले दिएका २४, प्रदेश सरकारले दिएका ६ र विभिन्न दाताहरूले सहयोग गरेका ३ गरि ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

अक्सिजन कन्सन्ट्रेटर जडान गरिएपछि कोरोनाका बिरामीहरूको उपचारमा थप सहजता हुने सूचना अधिकारी श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार