१३ बैशाख २०८१, बिहीबार

अक्सिजन प्लान्ट स्थापना गर्न दुई अस्पतालका लागि रकम निकासा



धनगढी । संघिय सरकारको अर्थ मन्त्रालयले अक्सिजन प्लान्ट तथा पाइप लाइनका लागि सुदूरपश्चिमका दुई अस्पतालका लागि बजेट उपलब्ध गराएको छ ।

अर्थ मन्त्रालयले प्रदेशको डोटी र बैतडी सहित देशभरका १२ वटा अस्पतालका लागि १६ करोड ८० लाख रुपैयाँ निकासा गरेको थियो ।
अर्थ मन्त्रालयले डोटी र बैतडी अस्पतालका लागि तीन करोड रकम निकासा गरेको जनाइएको छ ।

पछिल्लो समय कोरोना सङ्क्रमितलाई अक्सिजन अभावमा समस्या उत्पन्न भएपछि जिल्ला अस्पतालमा अक्सिजन पाइप लाइन तथा प्लान्ट स्थापनाका लागि अर्थ मन्त्रालयले एक करोड ५० लाख बजेट विनियोजन गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले बताए।

जिल्लामा अक्सिजन पाइप लाइन र प्लान्ट स्थापना भएपछि उपचारमा सहज हुने जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट कृष्णराज जोशीले बताए।

जिल्ला अस्पतालका परिवार नियोजन निरीक्षक सूर्य विष्टका अनुसार अक्सिजन प्लान्ट कम्तीमा पनि एक महिनामा स्थापना भइसक्ने छ। पछिल्लो समय जिल्लामा अक्सिजन नभएका कारण कोरोना सङ्क्रमितले अकालमै ज्यान गुमाएका थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार