४ बैशाख २०८१, मंगलवार

सांसद बोगटीको पहलमा अछाममा अक्सिजन सिलिन्डर र स्वास्थ्य सामग्री



अछाम । प्रतिनिधि सभाका सदस्य तथा अछाम निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद यज्ञ बहादुर बोगटीले कोरोनाको संक्रमण तीव्र गतिमा फैलिरहेका बेला कोरोना सङ्क्रमितको उपचारमा सहज होस भन्ने उद्देश्यका साथ जिल्ला स्वास्थ्य कार्यालय अछामलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय अछामलाई स्वास्थ्य विभाग मार्फत सांसद बोगटीले अक्सिजन सिलिन्डर लगायतका अन्य स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराइएको सांसद बोगटीले बताए ।  कोरोना सङ्क्रमितको उपचार गर्न समस्या नहोस् भनेर आफूले स्वास्थ्य सामाग्री पठाएको सांसद बोगटीको भनाई छ ।

समस्याका बाबजुद पनि अहिले थोरै भए पनि सामाग्री पठाएको भन्दै बोगटीले अछामी जनतालाई यस महामारीबाट जोगाउनका लागि आफै खटिरहेको बताए । जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै आफु केन्द्रमा अहोरात्र रुपमा लागिपरेको बताउँदै उनले यस महामारीमा स्वास्थ्यका मापदण्ड अपनाउन पनि आग्रह गरे ।  

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार