१६ चैत्र २०८०, शुक्रबार

कैलालीमा ३०३ जनामा कोरोना संक्रमण पुष्टि



धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार  ३०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा  ५०९ नमूना परीक्षण गर्दा ३०३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार धनगढीका १०१ जना यस्तै धनगढीबाहेक कैलालीका ८१ जना र अन्य जिल्लाका ३७ जनामा संक्रमण पुष्टि  भएको जनाएको छ । हाल अस्पतालमा १२२ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए।

जसमध्ये १६ जना आइसियूमा, १०१ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने ५ जनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ६ जना कोरोनामुक्त भएका छन् भने  थप ८  जना अस्पतालमा भर्ना भएका छन् ।  यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 

मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालीका २ का ५९ बर्षिय पुरुष, धनगढी १ का ८० बर्षिय पुरुष, धनगढी १७का ३५ बर्षिया महिला, कैलालीको जोशीपुरका २९  बर्षिया महिला, कञ्चनपुरको कृष्णपुर ७ का ३२ बर्षिय पुरुष र डोडीको सिलगढी ६ का ६१ बर्षिय पुरुषको मृत्यु भएको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार