२३ बैशाख २०८१, आईतवार

पुनर्वासका युवाद्धारा हेल्प डेस्क स्थापना



कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ मा  हेल्प डेस्क संचालनमा आएको छ । वडा भित्रका नागरिकलाई सुरक्षित राख्नको लागि दुई जना स्वास्थ्यकर्मीको सहयोगमा यहाँका युवाहरुले मंलबारदेखि कोभिड–१९  हेल्प डेस्क  स्थापना गरेका छन् ।

अक्सिजन संंकलन तथा ब्यब्स्थापन समिती  पुनर्वासले राष्ट्रिय माद्ययमिक बिद्यालयको प्राङगणमा  हेल्प डेस्क सञ्चालनमा ल्याईएको  अक्सिजन संकलन तथा ब्यब्स्थापन समितीका संयोजक भुपेन्द्र अधिकारीले बताए ।

उनका अनुसार सो हेल्प डेस्कबाट पुनर्वास नगरपालिका वडा नम्बर १० र ११ का नागरिकहरुको सामान्य स्वास्थ्य चेकजाँच गरि निशुल्क औषधी वितरण गरिने जनाएको छ ।  बिश्वभर फैलिएको कोरोना भाइरसले देश नै आक्रान्त भईरहेका बेला त्यसको प्रत्यक्ष असर सो वडामा पनि परेको भन्दै सो हेल्प डस्कले यहाँका नागरिकलाई सहज हुने अपेक्षा गरिएको छ ।

हेल्पडेस्क बिहान ९ बजेदेखि बेलुका ५ बजे सम्म सञ्चालन हुने समितीका संयोजक अधिकारीले बताए । यस अघि  “समाजका लागि हामी उठौ, मानबताका लागि सबै जुटौ ” भन्ने मुल नाराका साथ अक्सिजन सकंलन  तथा ब्यब्स्थापन समिती गठन गरेको थियो ।

अहिले सो समितिले बिभिन्न व्यक्तिहरुको सहयोगमा अक्सिजन संकलन गरि बिरामीहरुलाई अक्सिनको व्यवस्था गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार