१४ बैशाख २०८१, शुक्रबार

राजनीतिकर्मी तथा प्रतिष्ठित व्यवसायी घिमिरेको निधन




महेन्द्रनगर / कञ्चनपुरको महेन्द्रनगरमा व्यवसाय सञ्चालन गर्दै आएका प्रतिष्ठित व्यवसायी तथा कम्युनिस्ट एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा बलराम घिमिरेको सोमबार ५८ वर्षको उमेरमा निधन भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट सोमबार उनको निधन भएको परिवारजनले जानकारी दिएका छन् । कोभिडको संक्रमणपछि उनको ललितपुरस्थित वी एण्ड वी अस्पतालमा उपचार भइरहेको थियो । उनको उपचारकै क्रममा निधन भएको हो ।

२०४५ सालदेखि तत्कालिन नेकपा (माले) को विद्यार्थी राजनितिमा सक्रिय रहेका उनको ०४६ र ०६३ सालको जनआन्दोलनमा सक्रिय भूमिका रहेको थियो ।

मालेबाट एमाले हुँदा कञ्चनपुरमा नगर कमिटी सदस्य, जिल्ला कमिटी सदस्य रहेका उनले त्यसपछि कहिले पनि पदको लोभ गरेनन् ।

हाल उनी एमालेको जिल्ला कमिटी सल्लाहकार थिए । उनले कम्युनिस्ट आन्दोलनमा ठूलो योगदान दिएका थिए नेकपा
(एमाले) कञ्चनपुरका अध्यक्ष तथा सो पार्टीका प्रदेश सभाका प्रमुख सचेतक तारा लामातामाङले बताए ।

उनको निधनले कम्युनिस्ट आन्दोलन तथा नेकपा एमालेलाई ठूलो क्षति भएको छ अध्यक्ष लामाले भने ।

कञ्चनपुर उद्योग वाणिज्य संघका बिभिन्न कार्यमा सक्रिय रहदै आएका उनी पतञ्जलीमा योग प्रशिक्षक समेत थिए ।

उनको मृत्युमा दुःख प्रकट गरेर डडेलधुरा जिल्ला विकास समितिका पूर्व सभापति तथा एमाले नेता गजेन्द्र शाही लगायतले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनकका एक छोरा र दुई छोरी रहेका छन् ।

#covid news #kanchanpur

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार