६ बैशाख २०८१, बिहीबार

प्रदेश सरकार सुतेको छैनः मन्त्री सुवेदी



धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन गर्नमा सबैभन्दा बढी काम प्रदेश सरकारले गरेको बताएका छन ।

‘प्रदेश सरकार सुतेको छैन्,’ उद्योग वाणिज्य संघ कैलालीले कोभिड–१९ संक्रमण रोकथामका लागि भएका प्रयासबारे आयोजित कार्यक्रममा मन्त्री सुवेदीले भने, ‘यस्ता भ्रामक सूचनालाई सत्य नमानिदिन आग्रह गर्न चाहन्छु । प्रदेश सरकार सुत्यो भने यहाँ त सबैै त्यसै सुत्नेवाला छन् ।’

‘हामी जनताको सरकार । जनताप्रति उत्तरदायी सरकार । जनताकाबीचमा बाचा गरेर आएको सरकार । सुत्ने कुरै हुँदैन्,’ उनले भने ।

यस्तै कार्यक्रममा सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले पनि कोभिड नियन्त्रणमा प्रदेश सरकारले महत्वपूर्ण काम गरेको दाबी गरे । उनले संघीय सरकारले संक्रमण रोकथामका लागि प्रदेश सरकारलाई नसघाएको पनि आरोप लगाए ।

संघीय सरकारले महामारीमा पनि प्रतिशोधको भावना दर्शाएको बताउँदै उनले भने, ‘महामारी नियन्त्रणका लागि सुदूरपश्चिममा कुनै टोली संघीय सरकारले पठाएको छैन् ।’

कार्यक्रममा संक्रमण र मृत्यु दर रोकथाम तथा उपचारको प्रभावकारी व्यवस्थापनका विषयमा छलफल भएको उद्योग वाणिज्य संघ कैलालीका उपाध्यक्ष पुष्कर ओझाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार