कैलालीमा एक साता लम्बियो निषेधाज्ञा
धनगढी । कैलालीमा कोरोना रोकथामका लागी जारी निषेधाज्ञा थप एक साता लम्बिएको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशासन कार्यालय कैलालीले जेठ १३ गते सम्म निषेधाज्ञा लम्बाउने निर्णय गरेको छ ।
जिल्ला प्रशासनका निमित्त प्रमुख जिल्ला अधिकारी हिरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले कोरोना सङ्क्रमण झन् बढ्दो क्रममा रहेको भन्दै निषेधाज्ञाको अवधि लम्बाउन सुझाव दिएको थियो ।
‘हामीले आवश्यकता हेरेर निषेधाज्ञा लम्बाएका छौँ,निमित्त प्रमुख जिल्ला अधिकारी चौधरीले भने,‘सङ्क्रमण नियन्त्रण बाहिर छ,सबैले सतर्कता अपनाउ।’