१० श्रावण २०८१, बिहीबार

धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न रोजगार संयोजक देउवाद्वारा ११ हजार एक सय ११ आर्थिक सहयोग



धनगढी । धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न जोशीपुर गाउपालिकाकी रोजगार संयोजक शुसिला देउवाले ११ हजार एक सय ११ आर्थिक सहयोग गरेकी छिन् ।

धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न र अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि उनले ११ हजार एक सय ११ आर्थिक सहयोग गरेकी हुन् । उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा जोशीपुर गाउपालिकाकी रोजगार संयोजक देउवाले रकम जम्मा गरेकी हुन् ।

उनले धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न र अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि आफ्नो सानो रकमले पनि केही सहज होस् भन्दै उनले सो रकम उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा जम्मा गरेकी हुन् ।
यस्तो महाबिपत्तीमा सबैलाई आफ्नो क्षेत्रमा सहयोगका लागि एक जुट हुन समेत देउवाले आह्वान गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार