१४ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिमका तीन अस्पतालका लागि साढे २३ करोड बजेट निकासा



धनगढी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिम प्रदेशका तीन अस्पतालमा अक्सिजन ट्याङ्क, आइसीयू र भेन्टिलेटर खरिद गर्न २३ करोड ४० लाख बजेट निकासा गरेको छ। धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल, कञ्चनपुरमा रहेको महाकाली अस्पताल र डडेल्धुरामा रहेको डडेल्धुरा अस्पतालललाई सो रकम निकासा गरेको हो ।

जसअनुसार सेती अस्पतालमा १० आइसीयू, ५ भन्टिलेटर र अक्सिजन ट्याङ्क खरिद गर्न ६ करोड ८० लाख, महाकाली अस्पतालमा १० आइसीयू, ५ भन्टिलेटरसहित एउटा अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्क जडान गर्न ९ करोड ८० लाख, त्यस्तै डडेल्धुरा अस्पतालमा पनि १० आइसीयू, ५ भन्टिलेटर र एउटा अक्सिजन टयाङ्क खरिद गर्न ६ करोड ८० लाख बजेट निकासा गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार