११ बैशाख २०८१, मंगलवार

स्वास्थ्य कार्यालय कञ्चनपुरलाई स्वास्थ्य सामग्री सहयोग



कञ्चनपुर । स्वास्थ्य कार्यालय कञ्चनपुरलाई नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखा र मर्सिकोर नेपालले स्वास्थ्य सामग्री सहयोग गरेको छ । 

विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को दोस्रो लहर माहामारीको रोकथाम र नियन्त्रणका लागि नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाको समन्वयमा मर्सिकोर नेपालको सहयोगमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको नेपाल रेडक्रस सासाइटी कञ्चनपुर शाखाका कार्यालय प्रमुख मनोज प्रसाद उप्रतीले बताए ।

उनका अनुसार पिपिई– १०० सेट, सेनिटाइजर १००, सर्जिकल मास्क १००० वटा, सर्जिकल ग्लोब्स २०० सेट र पानी १२०० बोत्तल रहेकोे जनाएको छ ।  

आफूहरुले विश्वभरमा देखा परेको महामारीमा सानो भएपनि सहयोग होस भन्ने हेतुले सहयोग गरेको मसिकोर नेपालका विपद विज्ञ श्रीलाल पोखरेलले बताए ।  स्वास्थ्य सामग्रीहरु बुझ्दै स्वास्थ्य कार्यालयका कार्यालयका प्रमुख शिवराज सुनारले सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।  

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार