१५ चैत्र २०८०, बिहीबार

आइतबार सेती प्रयोगशालामा थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि



धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा   ७४७ नमूना परीक्षण गर्दा ४३५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार धनगढीका १३८ जना यस्तै धनगढीबाहेक कैलालीका २७८ जना र अन्य जिल्लाका १९ जनामा संक्रमण पुष्टि  भएको जनाएको छ ।हाल अस्पतालमा १०९ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए।

जसमध्ये १ जना भेन्टिलेटरमा, १५ जना आइसियूमा, ८९ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने ५ जनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट  १ जना कोरोनामुक्त भउका छन् । भने  थप ४  जना अस्पतालमा भर्ना भएका छन् ।   यस्तै पछिल्लो २४ घण्टामा   ३ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै हाल अस्पतालको इमर्जेन्सी वार्डमा २० पुरुष र ६ महिला गरी २६ जना उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार