१४ बैशाख २०८१, शुक्रबार

घोडाघोडीमा ट्रक पल्टियो



धनगढी । कैलालीको घोडाघोडीमा ट्रक पल्टिएको छ । आइतबार मध्यान्न करिव साढे १२ तिर पश्चिम बाट पुर्व जाँदे गरेको ना ६ ख ८२११ न को ट्रक जिल्लाको घोडाघोडी नगरपालीका १ घोडाघोडी ताल नजिकै पल्टिएको हो ।

तिब्र गतिमा रहेको रित्तो ट्रक अगाडी रहेको कुकुरलाइ बचाउन खोज्दा अनियन्त्रित भइ पल्टिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सागर बोहराले जानकारी दिए । ट्रक सडक बाट ५ मिटर बाहिर पल्टिएको छ ।

दुर्घटनामा अन्य मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ । ट्रक चालक लमही नगरपालीका ८ का ५० वर्षिय सोभा राम बैजाली घर्तिमगर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार