१२ पुष २०८१, शुक्रबार

कोरोना संक्रमणबाट वडा सदस्यको निधन



टीकापुर । कोरोना संक्रमणबाट गए राति जानकी गाउँपालिका वडा नं.–२ का वडा सदस्य मदारूद्दीन जागाको ज्यान गएको छ ।
उनको उपचारका क्रममा टीकापुर अस्पतालमा ज्यान गएको हो ।

टीकापुर अस्पतालका कोराना फोकल पर्सन डा. रमेश उपाध्यायका अनुसार वितेको २४ घण्टामा जागा सहित दुई जनाको ज्यान गएको हो ।
कोरोना संक्रमणका कारण ज्यान जाने मध्येका अर्का लम्की चुहा नगपालिकाका रहेका छन् ।

वडा सदस्य जागा स्थानीय हीरा आधारभूत विद्यालय बढरियाका व्यवस्थापन समिति अध्यक्ष समेत हुन् । उनी विद्यालय स्थापनाताका २०६६ देखि लगातार १२ वर्ष अध्यक्ष रहँदै आएको विद्यालयका प्रधानाध्यापक सुन्दर उपाध्यायले जानकारी दिएका छन् ।

त्यसैबीच टीकापुर अस्पतालमा कोरोना संक्रमणको दोश्रो भेरियन्ट फैलिए यतामात्र २८ जनाले ज्यान गुमाएका छन् ।

ती मध्ये टीकापुर नगरपालिकाका १४, जानकी गाउँपालिकाका ७, जोशीपुर गाउँपालिकाका ३, लम्की चुहा नगरपालिकाका २, भजनी नगरपालिका र बर्दगोरिया गाउँपालिकाका १/१ जना रहेका छन् ।

कोरोना फोकल पर्सन डा. उपाध्यायका अनुसार पछिल्लो पटक टीकापुर अस्पतालमा कोरोनाका ४२ जना उपचाररत भर्ना भएका छन् । ती मध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार