१४ बैशाख २०८१, शुक्रबार

वैशाखमा मात्र सुदूरपश्चिममा २५९ संक्रमितको मृत्यु



डोटी । दोस्रो चरणको कोरोना भाइरसको संक्र्रमणका कारण सुदूरपश्चिम प्रदेशमा वैशाख महिनामा २५९ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले सुपका नौ जिल्लामा गरी उक्त संख्यामा संक्रमितको मृत्यु भएको हो।

स्वाथ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलाली र कञ्चनपुरका सङ्क्रमितको मृत्यु भएको छ। सुदूरपश्चिममा अधिकांशले अक्सिजन नपाएका कारण ज्यान गुमाउनुपरेको स्वाथ्यकर्मीको भनाइ छ। 

कोरोना भाइरस शुरु भएदेखि हालसम्म यस प्रदेशमा ३१७ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार वैशाखको अन्तिम हप्ता कोरोनाबाट धेरैले ज्यान गुमाएका छन्। 

यहाँका अस्पतालमा अक्सिजन नपाउँदा तथा कोरोना सङ्क्रमित भएका बिरामी समयमै राम्रो अस्पतालसम्म पुग्न नसकेका कारण ज्यान गुमाउन बाध्य भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार