१२ बैशाख २०८१, बुधबार

सुदूरपश्चिममा शनिबार ७१७ जना कोरोना संक्रमित थपिए



धनगढी । सुदूरपश्चिम प्रदेशमा शनिबार ७ सय १७ कोरोना संक्रमित थपिएका छन । प्रदेशका ४ वटा प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा ७ सय १७ संक्रमित थपिएका हुन ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ५ सय ५५ जना, महाकाली अस्पतालमा गरिएको परिक्षणमा ७२ जना, बझाङ अस्पतालमा गरिएको परिक्षणमा ५० जना र डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा ४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

शनिबार १ हजार १ सय ९९ नमूनाको कोरोना परिक्षण गरिएको थियो । यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २४ हजार ५ सय १० पुगेको छ । जसमध्ये १६ हजार ३ जनाले कोरोना जितेका छन ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा १ सय ४९ जना कोरोना संक्रमित निको भएका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार