२३ भाद्र २०८१, आईतवार

मदिरा बिक्री गर्ने सञ्चालक पक्राउ



धनगढी । प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका–६ त्रिवेणी चौकमा अवैध रुपमा मदिरा बिक्री गर्ने सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विष्ट डेरी हाउसकी सञ्चालक ३७ वर्षीया बसन्ती विष्ट रहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

इजाजत पत्र नलिएर डेरीबाट अवैध रुपमा मदिरा बिक्री गर्ने गरेको पाइएपछि विष्टलाई पक्राउ गरिएको उनले जनाए ।

डेरीबाट विभिन्न कम्पनीका अवैध मदिरा बरामद गरेर आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार