२३ बैशाख २०८१, आईतवार

सेतीमा शुक्रबारको परिक्षणमा पाँच सय ३४ मा कोरोना संक्रमण पुष्टि



धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार १ हजार २ सय ३ जनामा गरिएको परिक्षणमा थप ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमध्ये ४ सय ३३ जना कैलालीका मात्रै रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार धनगढी उपमहानगरपालिकाका १७ पुरुष र ८ महिला गरी २५ जना तथा जिल्लाकै अन्य पालिकाका २७७ पुरुष र १३१ महिला गरी ४०८ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रयोगशालामा जिल्ला बाहिरका भने ५९ पुरुष र ४२ महिला गरी १०१ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

सेती प्रादेशिक अस्पतालमै उपचारकै क्रममा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ ।

२ जना संक्रमित निको भएका छन भने थप ७ जना अक्सिजन र आईसियुको साहारा लिन अस्पताल भर्ना भएको कुरा सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार