१ जेष्ठ २०८१, मंगलवार

प्रधानमन्त्री ओलीले लिए शपथ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार शीतलनीवासमा आयोजित समारोहमा राष्ट्रिपति विद्यादेवी भण्डारीले उनलाई शपथ गराएकी हुन् ।

बिहीबार एमालेका अध्यक्ष ओलीलाई राष्ट्रपति भण्डारीले संसदको ठूलो दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । उनी संविधानको धारा ७६ (३) अनुसार नियुक्त भएका हुन् ।विपक्षी गठबन्धनले धारा ७६ (२) अनुसार बहुमतको दाबी नगरेपछि उनलाई नियुक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार