६ जेष्ठ २०८१, आईतवार

पत्रकार महासंघ डडेल्धुराले १० शैयाको आईसोलेन बनाउदै



डडेल्धुरा । नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले १० शैयाको आईसालेशन निर्माणका काम थालेको छ । तिन तले भवनको चार वटा कोठामा शैया मराखि आईसोलेसन बनाउनेका तिब्र पारेको छ । कोरोना भाईरसको संक्रमणका बेला प्रन्ट लाईनमा रहेर काम गर्ने सञ्चारकर्मीहरुको जोखिम व्यवस्थापनका लागी आईसोलेसन बनाईन लागेको अध्यक्ष हिक्मत बहादुर सिंहले बताए । साथै कोरोना आकस्मिक कोषको पनि स्थापना गर्ने उनले बताए ।

महासंघको बिहिरबार बसेको बैठकले आईसोलेशन बनाउने, कोष स्थापना गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ । आईसोलशनका लागी महासंघको भवनमा खानेपानि र बिद्युत जडान गर्ने काम भईईसकको छ । शुक्रबार शैयाहरु राखिने उनले बताएका छन ।

स्थानिय सरकार, प्रशासन, सरकारी निकाय एवं गैरसरकारी संघ संस्था र निजिक्षेत्रहरु संगको समन्वय र सहयोगमा आईसोलेशन निर्माण र कोष स्थापनाको काम अघि बढाईएको अध्यक्ष सिंहले बताए ।

बिहिबारको बैठक पछि प्रेस विज्ञप्ति जारी गर्दै महासंघले आईसोलेशन, आकस्मिक कोष स्थापना संगै महासंघको भवनमा डिभिजन वन कार्यालय डडेल्धुराले पुगाएको क्षती प्रती खेद प्रकट गर्दै दोषि उपर कानूनी कार्वाहीको माग गरेको छ ।

यही बैशाख १६ गते बिहान निर्माणाधिन महासंघको भवनमा डिभिजन वन कार्यालयको नेतृत्वमा अमरगगढी नगरपालिकाको डोजर प्रयोग गरी क्षती पुगाएको र सम्बन्धित निकाले उचित जवाफ नदिएकाले कानूनी कार्वाहीको माग गरिएको महासंघ सचिव पुष्कर भण्डारीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फन जानकारी गराईएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार