१ जेष्ठ २०८१, मंगलवार

अक्सिजन खरिदका लागि साढे ५१ हजार सहयोग



कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष एवं व्यवसायी मदनराज पन्तले अक्सिजन खरिदका लागि महाकाली अञ्चल अस्पताललाई साढे ५१ हजार आर्थिक सहयोग गरेका छन्।

अक्सिजन अभावमा ग्रुजिरहेको अस्पतालका लागि आफूले अलिकति भए पनि आर्थिक सहयोग गरेको उनले बताए। अक्सिजनको अभावमा महाकाली अञ्चल अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीले समस्या भोगिरहेका छन्। 

दैनिक संक्रमित थपिने र अक्सिजन आवश्यक पर्ने भएपछि अहिले महेन्द्रनगरमा अक्सिजनको अभाव भएको छ। त्यहाँका व्यवसायीलगायत सबै क्षेत्रका मानिसहरूले अहिले आफ्नो ठाउँबाट आर्थिक संकलन गरेर अक्सिजनको जोहो गरिरहेका छन्। 

उपाध्यक्ष पन्तले आफनो तर्फबाट थप आवश्यक सहयोग गर्न पनि तयार रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार