४ आश्विन २०७८, सोमबार

कैलालीमा निषेधाज्ञा उल्लंघन गर्ने ९२२ वटा सवारी साधन नियन्त्रणमा



धनगढी । कैलालीमा बुधबार पनि निषेधाज्ञा उल्लंघन गर्ने ९२२ वटा सवारी साधनलाई नियन्त्रणमा लिईएको छ । जिल्लाका विभिन्न स्थानबाट निषेधाज्ञा उल्लंघन गर्ने ९२२ जनालाई नियन्त्रणमा लिएर सम्झाई बुझाई गरी छोडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहराले जानकारी दिए ।

कोरोना महामारीको दोस्रो चरणको संक्रमण बढिरहेकाले ‘चेन ब्रेक’ गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले यही बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । तर विभिन्न बहाना गर्दै सर्वसाधारहरु सडकमा हिड्डुल गर्ने गरेका छन । संक्रमणको दर बढ्दै गएपछि कैलालीले प्रशासनले निषेधाज्ञालाई थप कडा बनाउदै गएको छ ।

सोही अनुसार जिल्लामा निषेधाज्ञा उल्लघंन गर्नेमाथि प्रहरी र ट्राफिक प्रहरीको टोलीले चेकजाँचमा कडाई गर्दै आएको प्रहरी निरिक्षक बोहराले जानकारी दिए । निषेधाज्ञा उल्लंघन गरे संक्रामक रोग ऐन, २०२० अनुसार आदेश पालना नगरेमा एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्