१३ बैशाख २०८१, बिहीबार

सिद्धार्थ बैंकद्धारा कोरोना कोषमा १० लाख सहयोग



धनगढी । सिद्धार्थ बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेश कोरोना कोषमा १० लाख रकम सहयोग गरेको छ ।

बैंकको सुदूरपश्चिम प्रदेश कार्यालयले सुदूरपश्चिम प्रदेश सरकारको कोरोना कोषमा १० लाख रकम सहयोग गरेको हो । सिद्धार्थ बैंकका धनगढी शाखा प्रबन्धक नितेश श्रेष्ठले १० लाखको चेक प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशवहादुर शाहलाई हस्तान्तरण गरे ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको जनाएको छ । यसअघि अघिल्लो बर्षको कोरोना महामारीका बेला पनि बैंकले सात वटै प्रदेशलाई १० लाखको दरले कोरोना कोषमा सहयोग गरेको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारलाई पनि अघिल्लो बर्ष १० लाख रकम कोराना कोषमा सहयोग गरेको सिद्धार्थ बैंकका धनगढी शाखा प्रबन्धक नितेश श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार