६ जेष्ठ २०८१, आईतवार

बाजुराको कोल्टीमा एम्वुलेन्स नहुँदा विरामीलाई सास्ती



बाजुरा । बाजुराको कोल्टीमा एम्वुलेन्स नहुँदा विरामीलाई सास्ती  हुने गरेको छ । स्थानिय निर्वाचन सम्पन्न भई देश संघियतामा गई सके पछि नागरीकका धेरै अपेक्षा अहिले पनि पुरा हुन सकिरहेका छैनन । स्थानिय निर्चाचन सम्पन्न भएको यो असारमा चार वर्ष पुग्दै छ । कुनै स्थानिय तहले चार वर्षको अवधिमा नागरीकका चार वटा काम पनि पुरा गर्न नसकेको आरोप लाग्न थालेको छ ।

सामान्य विरामी हुँदा घर दैलोेमै उपचार पाउन नसकेका बाजुराका नागरीकले जटिल अवस्था हुँदा सुविधा सम्पन्न ठाउँमा जाने स्रोत साधान सम्म नपाउदा निकै सास्ती खेप्नु परीरहेको स्थानीयले बताएका छन् ।  अहिले स्थानिय विरामी हुँदा डोको अथवा स्टेचरमा ओसार पसार गर्नु पर्ने वाध्यता कायमै रहेको छ ।   बाजुराको विकट वस्तिका स्थानियलाई सडकको पुहच सम्म पुर्याउने जनप्रनिधिको पहिलो चुनावि घोषणा पत्रको एजेण्डा थियो । त्यो कत्तिको कार्यन्वयन भयो । दुर्गम वस्तिमा सडक पुर्याउने सपना त परै जावस कति पय दुर्गम ठाउँका स्थानिय विरामी हुदा गाडि सम्म पनि पाउन नसकेका समस्या जनप्रतिनिधिको चुनावि नाराले देख्न पाएको छैन ।

बुढीनन्दा नगरपालिकाको एम्वुलेन्स नभएकोले अन्य निजि गाडी संग हार गुहार गर्दा कसैले पनि लिन नमानेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी स्रोतले जनाएको छ । निजि गाडिहरुले कोरोना संक्रमितलाई बोक्न नमानेका कारण अहिले विरामीलाई कोल्टी मै राखेर उपचार सुरु गरेको जनस्वास्थ्य निरीक्षक शाहीले जानकारी दिए ।

यस अघि स्वामीकार्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिकाले सञ्चालनमा ल्याएका एम्वुलेन्स पनि जिल्ला वाहिर रहेकाले रिफर गरिएका विरामीलाई मार्तडी पुर्याउन थप समस्या उत्पन्न भएको छ । कोभिड संक्रमित देखिएका विरामी दमको समेत विरामी भएकाले अवस्था जटिल भए पछि जिल्ला अस्पतालले मार्तडी पठाउन भने पनि कोल्टीमा एम्वुलेन्स नहुदा मार्तडी पठाउन समस्या भएको हो । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सीजन सिलिन्डर सेवा सहितको ब्यवस्था नहुदा उहाँलाई तत्काल मार्तडी पठाउनु पर्ने अवस्था आएको स्वास्थ्य केन्द्र स्रोतले जनाएको छ । 

कोल्टीमा अक्सीजन सहितको ब्यवस्था नहुदा अहिले कोरोना संक्रमित विरामीलाई जिल्ला रिफर गर्ने गरीएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका जनस्वास्थ्य निरीक्षक ओमजङ्ग शाहीले बताए । नगरपालिकाले पुरानो ब्यारेकमा तयार गरेको १२ वटा अक्सीजन सिलिन्डर सहितको आइसोलेन जडान नगरेका कारण पनि यो समस्या आएको उनको भनाई छ ।

नगरपालिकाले आइसोलेसनमा जडान गर्नका लागि अक्सीजन सिलीन्डर ल्याए पनि जडान प्रक्रिया अगाडि नवढाईएकाले अक्सीजन सिलीन्डर नगरपालिकाको स्टोरमा थन्किएको बताईएको छ । यता बुढीनन्दा नगरपालिकाका स्वास्थ्य संयोजक जसी विकले भने रिफरका लागि एम्वुलेन्स नहुदा समस्या भएको स्वीकार्दै आवश्यक ब्यवस्थापन गर्ने बताए ।  

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार