२३ बैशाख २०८१, आईतवार

बुढीगंगाले देवलसैन र ब्रह्मतोला स्वास्थ्य चौकीमा अक्सिजन सहितको आइसोलेसन स्थापना गर्दै



बाजुरा ।  जिल्लामा दैनिक रुपमा नयाँ भेरियन्टको कोरोनाको लहर तिव्र रुपमा फैलिन थालेपछि  स्थानीय तहले पनि संक्रमितहरुका लागि आइसोलेसन कक्ष निर्माण गरेका छन् । 

बुढीगंगा नगरपालिकाले नगरका नागरिकहरुमा कोरोना संक्रमित भएमा सहज रुपमा सेवा उपलव्ध गराउनका लागि  साविकको दुई  गाविसका स्वास्थ्य चौकीमा अक्सिजन सहितको आइसोलेसनि कक्ष निर्माण गरी स्थापना गर्ने भएको छ । 

नगरपालिकाको देवलसैन स्वास्थ्यचौकी बाह्रविस र  ब्रह्मतोला स्वास्थ्य चौकी ब्रह्मतोलामा अक्सिजन सहितको आइसोलेसन कक्ष स्थापना गर्ने निर्णय गरिएको नगर प्रमुख दीपक विक्राम शाहले बताएका छन् । 

उनले महामारीसंगै लगातार वर्षा हुन थालेकाले कोरोना संक्रमित विरामीलाई ल्याउन सो क्षेत्रमा एम्बुलेन्स समेन जान नसक्ने अवस्था आउने भएकाले दुई वटै स्वास्थ्य चौकीमा अक्सिजन सहितको आइसोलेसन बनाएमा संक्रमितलाई सहज हुने बताए । 

मंगलबार बसेको कोरोना नियन्त्रण व्यवस्थापन समितिको बैठकले नगरपालिकामा गएको बिहीबार अर्थात् बैशाख २३ गतेको बाढीले वडा नम्वर १,२ र ३ वडाको क्षतिको विवरण संकलन गरी उनीहरुलाई राहत दिने र थप राहतका लागि संघसंस्थाहरु र प्रदेश सरकारसंग पहल गर्ने निर्णय गरेको स्वाथ्य शाखा सह संयोजक हस्तबहादुर खडायतले  मालिका टुडेलाई जानकारी दिएका छन् । 

उनले दिएको जानकारी अनुसार नगरका दश वटै वडामा वडाध्यक्षको संयोजकत्वमा कोरोना नियन्त्रण समिति बनाउने पनि निर्णय गरेको बताए । 

कोरोना महामारीका बेला अग्रपंक्तिमा आइसोलेसन र स्वाव संकलनमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने निर्णय भएको छ । 

कोरोना संक्रमितको उपचारका लागि आइसोलेसनमा खटिने स्वास्थ्यकर्मीलाई ७५ प्रतिशत र स्वाव संकलन देखि अन्य कार्यमा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिने नगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार