१० श्रावण २०८१, बिहीबार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो



कैलाली । कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । 

मङ्गलवार राति कैलालीको घोडाघोडी नगरपालिका २ साडेपानीमा ना ४ ख ८९४० नम्बरको ट्रकले से ५ प २२९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गोदावरी नगरपालिका ९ बल्मीका ३५ वर्षीय मीन ठकुल्लाको मृत्यु भएको हो । 

मोटरसाइकल चालक ठकुल्लाको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक भरत चौधरीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार