२८ मंसिर २०८२, आईतवार

सुदूरपश्चिममा २४ घण्टामा दुई सय ८१ जना निको



धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप दुई सय ८१ जना कोरोना संक्रमित निको भएका छन ।

प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको तथ्यांक अनुसार पिसिआर परिक्षणमा एक हजार तीन सय ५० स्वावमा सात सय ३१ जनामा संक्रमण पुष्टि भएको थियो भने दुई सय ८१ जना निको भएर घर फर्केको जनाइएको छ ।

योसंगै प्रदेशमा निको हुनेको संख्या १५ हजार एक सय २५ पुगेको छ ।

यस्तै, २४ घण्टामा ३९ जना अस्पतालबाट डिस्चार्ज भएका छन । यो संगै प्रदेशभरी हालसम्म अस्पतालबाट डिस्चार्ज हुनेको संख्या दुई हजार एक सय ९० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार