२२ बैशाख २०८१, शनिबार

सुदूरपश्चिममा २४ घण्टामा आठ सय १८ जनामा कोरोना पुष्टि



धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप आठ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशको सात वटा प्रयोगशाला एक हजार तीन सय ५० स्वावको परिक्षण गर्दा थप सात सय ३१ र एन्टीजेन परिक्षणबाट ८७ जना गरि आठ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयको अनुसार प्रदेशको सेती प्रादेशिक अस्पतालमा छ सय ५९ स्वाव परिक्षण गर्दा दुई सय ७५, बैतडी अस्पतालमा एक सय ८८ स्वाव परिक्षण गर्दा एक सय १३, महाकाली अस्पतालमा एक सय २३ स्वाव परिक्षण गर्दा ९७, अछामको कमलबजार प्रयोगशालामा ९६ स्वाव परिक्षण गर्दा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

यस्तै, डोटी अस्पतालमा एक सय छ स्वाव परिक्षण गर्दा ६७, डडेल्धुरा अस्पतालमा एक सय सात स्वाव परिक्षण गर्दा ६३ र बझाङ अस्पतालमा ९६ स्वाव परिक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै एन्टीजेनबाट आज अछाममा सात, बैतडीमा पाँच, बझाङमा १०, बाजुरामा १३, डडेल्धुरामा छ, दार्चुलामा १२, डोटीमा १० र कैलालीमा २४ गरि ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसंगै प्रदेशमा हालसम्म एन्टीजेन विधिबाट ३२ हजार छ सय ५७ जनाको परिक्षण गर्दा चार हजार दुई सय ३८ र पिसिआरबाट एक लाख ५४ हजार चार सय ४० को स्वाव परिक्षण गर्दा २१ हजार चार सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार