२३ बैशाख २०८१, आईतवार

पछिल्लो २४ घण्टामा २२५ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढेसँगै मृत्यु संख्या पनि बढ्न थालेको छ। दोस्रो लहरमा सिकिस्त  बिरामीको संख्या बढ्दा मृत्युदर एक दिनमा सय भन्दा बढी संख्या हुन थालेको छ।

गत २४ घण्टामा २२५ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ हजार ८४ जनाको मृत्यु भएको छ। हिजो देशभर  १३९ संक्रमितको मृत्यु भएको थियो। 

२४ घण्टामा देशभर नेपालमा ९ हजार  ४८३  जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा २० हजार ५९६  जनाको पीसीआर विधि र ७२०  जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ हजार ४८३   जना संक्रमित पुष्टि भएका हुन्।

नयाँ संक्रमित थप भएसँगै  ९७ हजार ८ जना सक्रिय संक्रमित रहेका छन्।   ४४८ जना व्यक्ति क्वारेन्टाइनमा छन्।

आज देशभर  ५ हजार २२५ जना व्यक्ति निको भएका छन्।  

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार