१२ श्रावण २०८१, शनिबार

अक्सिजन आपूर्ति सहज बनाउन सर्वोच्चको आदेश



काठमाडौं । कोरोना संक्रमितको उपचारका लागि अक्सिजन आपूर्ति सहज बनाउन र स्रोत-साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना संक्रमितको उपचारका लागि आवश्यक औषधी र अक्सिजनको आपूर्ति सहज बनाउन, थप साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन र बिरामीको चापअनुसार अस्पतालमा जनशक्ति आपूर्ति गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता शैलेन्द्रकुमार अम्बेडकरको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले नगरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध र सरोकार राख्ने हुनाले अक्सिजन, औषधी, अस्पताल र जनशक्ति व्यवस्थापनका लागि सरोकारवालाको प्रतिनिधित्व हुने गरी कार्यसमिति बनाउन पनि आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार