१० श्रावण २०८१, बिहीबार

निषेधाज्ञाको अवज्ञा गरी बस चलाउने ४ वटा बससहित चालक नियन्त्रणमा



धनगढी । कैलाली प्रहरीले निषेधाज्ञा अवज्ञा गरी यात्रुहरु ओसारपसार गर्ने ४ वटा बससहित चालकलाई नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न स्थानबाट विना पास चलाई रहेका ४ वटा बसहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका कैलाली प्रहरी नायव उपरिक्षक भरत चौधरीका अनुसार ना.७ ख ५२६३ नम्बरको बस र उक्त बस चालक धनगढी उपमहानगरपालिका वडा नम्बर १ बस्ने ४० बर्षिय अजय स्वार र ना.८ ख ४९९७ नम्बरको बस र उक्त बस चालक धनगढी वडा नम्बर २ का ३२ बर्षिय मनोज खड्कालाई नियन्त्रणमा लिईएको हो ।

यस्तै ना.७ ख ४१४ नम्बरको बस र उक्त बस चालक गौरीगंगा नगरपालिका वडा नम्बर ६ का ३४ बर्षिय ईन्द्र बहादुर कडायत र ना.७ ख ४०२ नम्बरको बस र उक्त बस चालक धनगढी वडा नम्बर ३ का ४८ बर्षिय चिरिन्जिवी डंगोललाई नियन्त्रणमा लिएर कारवाही गरिएको उनले बताए ।

नियन्त्रणमा लिई बस चलाउने व्यक्तिहरु उपर संक्रामक रोग ऐन २०२० बमोजिम आवश्यक कारवाहीको लागी जिल्ला प्रशासन कार्यालय कैलालीमा पठाईएकोमा निजहरुलाई प्रतिव्यक्ती ६ हजार जरिवाना गरी छोडिएको प्रहरी नायव निरिक्षक चौधरीले जानकारी दिए । जिल्लामा कोरोना संक्रमणको चेन ब्रेकु गर्न यहि बैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार