१३ बैशाख २०८१, बिहीबार

एटीएम बाहेक बैंकको सबै सेवा बन्द



धनगढी। कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीले बैंक तथा वित्तीय संस्थाको सबै सेवा बन्द गर्ने भएको छ ।

डीसीसीएमसीले राजस्व दाखिला र सरकारी कारोबार बाहेक बैंक तथा वित्तीय संस्थाको सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले अत्यावश्यक भुक्तानीको लागि एटीएम तथा विद्युतीय प्रणालीबाट सेवा प्रवाहको समुचित प्रबन्ध गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दीए ।

साथै नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरुले कार्यालयले जारी गरेको परिचय–पत्रको आधारमा आवतजावत गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार