१० श्रावण २०८१, बिहीबार

कैलालीमा निषेधाज्ञा थप कडाई गरिने



धनगढी । कोरोना संक्रमण झन बढ्दै गएको भन्दै कैलालीमा जारी निषेधाज्ञामा थप कडाई गरिने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र कैलालीेले जेठ ६ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निणर्य गर्दै थप कडाई गर्ने निणर्य गरेको हो ।

यसअघि बैशाख १६ गतेदेखि २२ गतेसम्म र बैशाख २३ गतेदेखि बैशाख मसान्त सम्म निषेधाज्ञा जारी गर्ने निणर्य भएको थियो । सोमबार कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको अध्यक्षतामा बसेको डीसीसीएमसीको बैठकले निषेधाज्ञा कडाई गर्ने निणर्य गरेको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण जिल्लामा समेत तीब्र रुपमा बढ्दै गइरहेको र दिन प्रतिदिन संक्रमणको जोखिम उच्च हुँदै जिल्लामा रहेका अस्पतालहरुको क्षमताभन्दा बढी विरामीहरु उपचारार्थ आइरहेको र संक्रमण जोखिम बढ्दै गइरहेको भन्दै निषेधाज्ञामा कडाई गरिने भएको हो । बैठकले निषेधाज्ञा कडा गर्ने लगायत १५ बुँदे निणर्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार