२३ बैशाख २०८१, आईतवार

मानवीय जीवन रक्षा गर्न सरकार पूणर्तः असफल भएको काँग्रेस कैलालीको आरोप



कैलाली। नेपाली काँग्रेसले कोरोना महामारीको दोश्रो लहर फैलिएसँगै मानवीय जीवनको रक्षा गर्न सरकार पूणर्तः असक्षम भएको आरोप लगाएको छ । सरकारकै हठपूणर् व्यवहार, सर्वसत्तावादी चरित्र र चरम लापरवाहीले संव्रmमण र मृत्युदरको तथ्यांक उकालो लाग्दै गएको आरोप लगाएको हो ।

एक विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस कैलालीले नागरिकको जीवन रक्षा, संक्रमितको उपचार, अक्सिजनको सहज व्यवस्था गर्न माग गरेको हो ।विज्ञप्तिमा सरकारले कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्न आवश्यक कदमहरु तदारुकताका साथ चाल्नुको सट्टा विद्यमान स्वास्थ्य प्रणालीले कोराना नियन्त्रण गर्न नसक्ने औपचारिक घोषणा गरि जनतालाई ढाँडस होइन् सन्त्रास फैलाउने र नागरिक स्वास्थ्य सुरक्षा प्रतिको आफ्नो प्रथम कर्तव्य र दायित्वबाट सामाजिक जवाफदेहिता बिर्सिएर भाग्ने प्रयास गरिरहेको भनिएको छ ।

नेपाली काँग्रेस कैलालीका जिल्ला सभापति नरनारायण शाह मनुद्धारा जारी गरिएको विज्ञप्तिमा कोरोना नियन्त्रण, पहिचान, उपचार र व्यवस्थापन गर्न सबै तहका सरकारसँग माग गरिएको छ । काँग्रेसले कोरोना रोकथामका लागि विभिन्न तेह्र बुँदे माग समेत गरेको छ ।

यस्ता छन् काँग्रेस कैलालीका मागहरु

(१) हाल देखिएको कोभिडका बिरामीहरुका लागि सबैभन्दा बढी उपचारमा आवश्यक भएको अक्सिजन आपूर्ति सहजतापूर्वक तत्काल उपलब्ध गराउन र स्वास्थ्य उपचारलाई सहज बनाई अक्सिजन अभावका कारण कसैले पनि मृत्युवरण गर्नु नपर्ने अवस्था सिर्जना गर्न दीर्घकालिन रुपमा समस्या समाधानका लागि राज्यको लगानीमा सुदूरपश्चिम प्रदेशमा आवश्यक अक्सिजन प्लान्ट यथाशीघ्र स्थापना गर्न जोडदार माग गर्दछौं ।


(२) कोभिड-१९ संव्रmमितलाई अस्पतालमा आवश्यक शैया (बेड), अक्सिजन, आईसियु, भ्यान्टिलेटर र जनशक्ति लगायतका स्वास्थ्य पूर्वाधार, आवश्यक औषधी र अन्य स्वास्थ्य सामाग्रीको तत्काल यथोचित व्यवस्था गरियोस् ।


(३) सिमाबाट आउने नागरिकका लागि सिमामा स्वास्थ्य परिक्षण गर्ने, सिमामै होल्डिङ केन्द्र स्थापना गरि चेकजाँच गर्ने, पोजिटिभ देखिएका बिरामीलाई तत्काल आईसोलेशन र स्वास्थ्य अवस्था हेरी अस्पताल भर्ना गर्ने, नेगेटिभ देखिएका बिरामीलाई स्थानीय निकायको समन्वयमा घर पठाउने र अनिवार्य रुपमा ७ दिन होम आईसोलेशनमा बस्नुपर्ने व्यवस्था कडाईका साथ पालन गर्न गराउन संघिय, प्रदेश र स्थानीय सरकारसँग जोडदार माग गर्दछौ ।

(४) हाल कोराना पोजेटिभ भएका बिरामीहरुको कन्ट्याक्ट टे्रसिङ भैरहेको छैन्, बढी भन्दा बढी कन्ट्याक्ट टे्रसिङको प्रभावमा परेकालाई पहिचान गरि सम्भावित संक्रमणको श्रृंखला टुटाउन र संव्रmमितको पहिचान र व्यवस्थापनमा सव्रिmयता साथ लाग्न सरकारसँग माग गर्दछौ ।


(५) प्रदेश स्तरमा हाल सम्म सरुवारोग सम्बन्धि कुनै पनि अस्पताल नभएकाले दिर्घकालिन रुपमा सरुवा रोग सम्बन्धी कम्तिमा ५ सय शैयाको सरुवा रोग अस्पताल निर्माण गर्न माग गर्दछौं ।


(६) स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, पत्रकार, एम्बुलेन्स चालक र स्वस्फूर्तरुपमा महामारी नियन्त्रणमा सहयोग पुर्‍याई रहनु भएका महानुभावहरुका साथै, बिरामीको प्रत्यक्ष उपचार तथा दाहसंस्कारको कार्यमा समेत संलग्न मानवस्रोतका लागि स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन र सरकारी तथा गैरसरकारी निकायहरुले निजहरुको बिमा र शतप्रतिशत प्रोत्सान भत्ताको व्यवस्था गर्न स्थानीय, प्रदेश र संघिय सरकार सँग जोडदार माग गर्दछौ ।


(७) कोरोना संक्रमण नियन्त्रणको आवश्यक व्यवस्थापनका लागि स्थानिय सरकारलाई तत्काल आवश्यक बजेट उपलब्ध गराई होल्डिङ केन्द्र, क्वारेन्टाइन, आइसोलेशन स्थापना गर्नुको साथै संक्रमित बिरामीहरुलाई आवश्यकतानुसार ओहोरदोहर गर्न एम्बुलेन्स लगायतका अन्य सवारी साधनहरुको उचित व्यवस्था गर्न माग गर्दछौ ।


(८) लकडाउनका कारण आर्थिक अवस्था कमजोर भएका तथा संक्रमित नभएका बिरामी जस्तैः जेष्ठ नागरिक, दिर्घरोगी र नियमित डाइलासिस गर्नुपर्ने, क्यान्सर, गर्भवती, सुत्केरी, नवजात शिशु, सिकलसेल र अपाङ्गता भएका व्यक्तिहरु र गर्मीयाममा प्रायः बढ्ने गरेको सर्पदंश र प्राकृतिक प्रकोपजन्य रोगहरु जस्तैः टाईफाइड र औलो लगायतका आकस्मिक दुर्घटनामा परेका बिरामीहरुको नियमित उपचार हुने प्रबन्ध मिलाउन जोडदार माग गर्दछौ ।


(९) दैनिक ज्यालादारी गर्ने श्रमिक वर्ग, अति विपन्न र सिमान्तकृत समुदायलाई दिनहुँ छाक टार्न मुस्किल पर्ने हुँदा सम्बन्धितहरुका लागि राहतको व्यवस्था गर्न स्थानीय सरकारलाई आग्रह गर्दछौ । साथै, उद्योगी-व्यवसायीहरुको व्यापार व्यवसाय ठप्प रहेकाले तत्काल बंैक ब्याज तिर्न नसक्ने अवस्था सिर्जना भएका कारण ब्याजको किस्ता तिर्ने केही समय लम्बयाउन र “कृषिदेखि कारखानासम्म” का लागि नितान्त आवश्यक आर्थिक राहतको प्याकेज घोषणा गरी कार्यान्वयनमा ल्याउन संघीय सरकारसँग माग गर्दछौ ।


(१०) लकडाउनका बेला बजारमा हुने कालोबजारी नियन्त्रण गर्न समाजका सबै वर्ग तथा राज्यका सबै संयन्त्रलाई प्रभावकारी बनाउन आग्रह गर्दछौ ।


(११) कृषिको क्षेत्रमा केही दिनभित्रै वर्षे बालीको खेती प्रारम्भ हुने भएकाले त्यसको लागि अपरिहार्य मल, बिउबिजन र आवश्यक ईन्धनको नियमित उपलब्धता र कृषकहरुले उत्पादन गरेका उत्पादित वस्तुहरुको बजारसम्मको सहज पहुँचको लागि व्यवस्था गर्न सरकारसँग माग गर्दछौ ।


(१२) स्वास्थ्य सुरक्षाका सबैखाले मापदण्ड पालना गर्न आमजनतामा पार्टी हार्दिक अपिल गर्र्दछ । साथै, कोराना संक्रमणका कारणले मृत्युवरण गर्नु भएका सम्पूणर् नागरिकहरुप्रति दुःखका साथ भावपुणर् श्रद्घाञ्जली व्यक्त गर्दै, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।


(१३) निर्माणाधिन गेटा मेडिकल कलेजमा आईसोलेशन केन्द्र स्थापना गरी ठुलो संख्यामा संक्रमितहरु राख्न सक्ने सम्भावना रहेता पनि निणर्यका बावजुद राज्यले त्यसलाई गम्भीरतापूर्वक नलिएर गरिरहेको बेवास्ताको घोर निन्दा गर्दै, त्यहाँको लागि अविलम्ब आवश्यक मानविय जनशक्ति, स्रोत र साधन, अक्सिजनको आदिको व्यवस्थापन गर्न जोडदार माग गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार