२३ बैशाख २०८१, आईतवार

सेती प्रयोगशालामा सोमबार थप २९६ जनामा कोरोना संक्रमण पुष्टि



धनगढी ।  धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार २९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा  ५६४ नमूना परीक्षण गर्दा २९६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार धनगढीका  १७० जना यस्तै धनगढीबाहेक कैलालीका १०६ जना र अन्य जिल्लाका २०  जनामा संक्रमण पुष्टि  भएको जनाएको छ ।

हाल अस्पतालमा ५९ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये ५ जना भेन्टिलेटरमा, १३ जना आइसियूमा, ३६ जना अक्सिजन सपोर्टमा उपचाररत छन्। 

पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट   ५ जना   निको भई घर फर्किएका छन् भने थप १५ जना अस्पतालमा भर्ना भएका छन् ।   यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार