१० श्रावण २०८१, बिहीबार

धनगढीमा ४ वटा कुकुरका छाउरालाई अटोमा बाँधेर घिसार्दै मारियो



धनगढी ।  कैलालीमा कुकुरको हत्या गरेको घटना बाहिर आएको छ । धनगढी उपमहानगरपालिका–३ बिशालनगरमा एक जना व्यक्तिले कुकुरका ४ वटा छाउराको हत्या गरेको घटना बाहिरिएको हो। धनगढीमा बिगतदेखि सडकमा छाडिएका जनावरलाई हेरचाह गर्दै आएको स्ट्रीट पजकी फाउन्डर रीतिका गुरुङका अनुसार  बिशालनगर एक जनाले कुकुरका ४ वटा छाउराको घाँटीमा डोरी बाँधेर अटोमा घिसार्दै हत्या गरेको पाइएको जनाएको छ ।

जनावरलाई माया गर्नुको साटो यसरी अटोमा घिसार्दै हत्या गर्नेलाई तत्काल काहबाही गर्न समेत उनले माग गरेकी छन् ।  पालेको कुखुरा खाइदिएकै कारण कुकुरका ४ वटा छाउराको हत्या गरेको बुझिएको छ । मोहना नदी किनारमा फालेको अवस्था फेला परेका कुकुरलाई खाल्डोमा पुरिएको गुरुङले बताईन्  ।

घटनापछि  धनगढी उपमहानगरपालिका–३ वडा अध्यक्ष बलबहादुर ऐरलाई जानकारी गराएको र आज नै प्रहरी चौकी बिशालनगरलाई पनि जानकारी गराउनेउनले बताइन्। यस अघि गत चैत १८ गते काभ्रेको धुलिखेल नगरपालिका–४ स्थित २८ किलोमा दुईजना पुरुषले कुकुरलाई हिर्काएर हत्या गरेको घटना सार्वजनिक भएको थियो। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार